नेपाली सेनाले रिक्त पदमा पूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।
देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ ।
खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।






प्रतिक्रिया