टागनडुब्बा – सुकमती सोरने एक जना धराने नाम गरेका झापा जग्गा धनीको थोरै क्षेत्रमा झुप्रो बनाएर बस्नुहुन्थ्यो । सानो झुप्रो बनाएर बसेको र त्यसकै छेउमा पर्ने केही जमिनमा उब्जाउ गरेर उहाँ आफ्नो दैनिक चलाइरहनु भएको थियो । त्यसवापत उहाँले साहुलाई केही मन धान वर्षेनी उब्वाउ गरेर दिनु पथ्र्यो।
जहाँ यसरी नै बस्न र काम गर्न पाइन्छ उहाँहरु त्यहाँ यसरी नै झापा गाउँपालिकाभरि हिडडुल गर्नु हुन्थ्यो। बस्ने स्थायी घर थिएन। घर बनाउन आफ्नो नाममा कही पनि जमिन छैन । जमिन खरिद गर्ने उहाँले न कमाई गरेर बचत नै गर्न सक्नु भएको छ ।
दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्ने यो समुदायलाई नेपाल सरकारले घर बनाएर राख्ने योजना बनायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले घर नभएका विपन्न नागरिकलाई घर बनाइदिएर सुरक्षित साथ राख्ने योजना कार्यान्यावनमा ल्याउन थालेपछि विपन्न नागरिक अहिले लाभान्वित भएका छन् । सुकमतीले पनि अहिले घर पाउनु भएको छ । अब दिनभरी बोहनी बुतो गरेर आए पनि आफ्नो स्थायी घर नहुँदा साहुले निस्केर जा भन्ला कि भन्ने डर हटेको उहाँ बताउनु हुन्छ । उहाँ अहिले आफ्नै घरमा बस्न पाउनु भएको छ । ‘खै सरकारले बनाइदिएको घर भन्छन्’, घर कस्ले दिएको घर हो भनेर सोधेको प्रश्नामा सुकमती भन्नु हुन्छ, ‘सुन्न चाहिं एलपि सावाले बनाइदिएको रे तर कसरी बन्यो अरु चाहिं थाह भएन ।’
बस्नका लागि सजह र सुरक्षित भएको अनुभुती सुकमती जस्तै नुनिया चोडेको पनि छ । ‘घर थिएन, कहाँ बस्ने होला भन्ने चिन्ता थियो अहिले आफ्नै घर पाएका छौ खुसी लागेको छ’ चोडेले बताउनु भयो ।
झापाको झापा गाउँपालिका स्थित बालुवाटारमा एकै आकारका २० वटा घर बनाइएको छ । सरकारी जमिनमा बनाइएको घरहरु हेर्दा एउटै छन् । सबैको रङ्ग रोगन उस्तै छ । समान प्रकारका घरहरु यहाँ बनाइएको छ ।
सरकारले जनता आवास कार्यक्रम मार्फत यहाँ घर बनाइदिएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला आएको यो कार्यक्रमले विपन्न नागरिक लाभान्वीत भएका छन् ।
हरेक पालिकामा यस प्रकारको काम गर्न भन्दै सरकारले बजेट नै छुट्टयाएर पठाइदिएपछि विपन्न नागरिकले घर पाउन सम्भव भएको हो । रु.१ करोड ३० लाख रुपैँयाको लगानीमा बनेका यी २० वटा घरमा सबै यस क्षेत्रका आदिवासी तथा विपन्न नागरिकलाई राखिएको छ ।

घर दियौ अब रोजगार उपलब्ध गराउन हाम्रो ध्यान केन्द्रित हुने छ : सांसद सावा
विपन्न नागरिकलाई आवास दिएर मात्रै व्यवस्थापन गर्ने काम नसकिएको यही क्षेत्रका प्रतिनिधिसभा सदस्य एलपी साँवाले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘घर बिहिन आफ्ना जनतालाई पहिलो चरणमा हामीले घर बनाएर राखेका छौं । अब उनीहरुलाई रोजगारीको प्रबन्ध मिलाउने कार्यक्रम तय गर्ने छौं ।’
‘विपन्न नागरिकहरु के काम गर्न चाहन्छन् ? उनीहरुलाई त्यो कामसँग जोडन् सकिने गरिको सीपको विकास पहिला गराउने छौं। सीप सिकाएर उनीहरुलाई स्वरोजगार बन्न बीउ पुँजी उपलब्ध गराउन सकिन्छ वा काम गर्न चाहनेलाई दक्ष बनाएर काममा लगाउन सकिने छ’ साँवा भन्नुहुन्छ, ‘यसरी चरणवद्ध रुपका काम गरेर विपन्न नागरिकहरुलाई घर दियौ अब रोजगार दिन्छौ ।’
यहाँ बसोबास गर्ने नागरिकहरुले आफूहरुको घरमा बर्खा लाग्दा घर छिर्नै गाह्रो हुनेगरि हीलाम्मे हुने गुनासो गरेका छन् । ‘बस्तीभित्रै राम्रो सडक र बस्तिको छेउमा एउटा मन्दिर पनि भए हामीलाई निकै सहज हुने थियो ।’ सुकमतीले अन्तिममा माग राख्नु भएको छ। यो मागलाई चुनावपछि तत्कालै पूरा गर्ने सांसद सावाले प्रतिवद्धता जनाउनु भएको छ ।






प्रतिक्रिया