अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री डा. खड्का र अध्यक्ष लीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. खड्का र अध्यक्ष लीबीच भेटवार्ता


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नुभएको थियो ।  

Skip This