काठमाडौं-नेपाली सेनाले अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदको लागि दरखास्त माग गरेको हो ।
सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।
आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सूचनामा भनिएको छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।







प्रतिक्रिया