काठमाडौं-लक-अप फेम मुनव्वर फारुकीले शो जितेपछि नाजिला अफिसियलसँग आफ्नो सम्बन्ध बनाएका थिए । गत वर्ष डिसेम्बरमा यी दुईले एकअर्कालाई डेट गर्न थालेका थिए तर अहिले दुवैको ब्रेकअप भएको छ ।
बम्बे टाइम्सको रिपोर्ट अनुसार दुवै एकअर्काबाट अलग भइसकेका छन् । यससँगै उनीहरुले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो समेत गरेका छन् ।
जोडीको निकटता पुष्टि भयो
मुनव्वर र नाजिलाको नजिकको स्रोतले भन्यो, “दुवै अहिले अलग भइसकेका छन् । हालै उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । यद्यपि मुनव्वरले यसबारे आधिकारिक घोषणा भने गरेका छैनन् ।
उनीहरुको ब्रेकअपको कारण भने खुल्न सकेको छैन । तर उनीहरु अलग हुनुको सबैभन्दा ठूलो कारण मुनव्वरको अञ्जली अरोरासँगको निकटता हुन सक्ने बताइएको छ ।
श्रीमतीसँग मुनव्वरको तस्बिर भाइरल
लक-अपका क्रममा मुनव्वरको एउटा तस्बिर सार्वजनिक भएको थियो, जसमा उनकी श्रीमती र छोरा देखिएका थिए । शोमा कंगनाले उनलाई फोटो देखाएर स्पष्टीकरण पनि मागेकी थिइन् । त्यसपछि मुनव्वरले भनेका थिए, ‘मैले केही लुकाएको छैन, तर हामी डेढ वर्षअघि अलग भयौँ । अदालतका कुराहरू भइरहेका छन् र म यी सबै छलफल गर्न चाहन्न। यो मेरो लागि धेरै गाह्रो छ।’ एजेन्सी






प्रतिक्रिया