अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्वाचन अधिकृत सिफारिस

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्वाचन अधिकृत सिफारिस


काठमाडौं-मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरिएका छ । न्याय परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो ।

सरकारले परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय गर्ने छ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । तर एकभन्दा बढी न्यायाधीश रहेको जिल्लामा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ ।

परिषद्ले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । परिषद्ले न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ कर्मचारीलाई निर्वाचन अधिकृतमा सिफारिस गरेको छ ।

Skip This