अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौं महानगरमा बजार अनुगमन

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौं महानगरमा बजार अनुगमन


काठमाडौं-काठमाडौं महानगरपालिकाले आजदेखि पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अनुगमन सुरु गरिएको हो ।

माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजारको अनुगमन गरिने छ ।

आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ ।