अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलावीमा हैजाले २०० जनाको मृत्यु

मलावीमा हैजाले २०० जनाको मृत्यु


काठमाडौं-हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।-एजेन्सी

Skip This