अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलन मस्कले ट्रम्पलाई ट्विटर चलाउन दिने

एलन मस्कले ट्रम्पलाई ट्विटर चलाउन दिने


काठमाडौं-माइक्रो ब्लगिङ साइट ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने भएका छन्।

यसअघि उहाँले ट्रम्पको ट्विटर खाता फेरि सक्रिय गर्ने कि नगर्ने भन्ने विषयमा ट्विटरमै पोल गर्नुभएको थियो । उक्त पोलमा उहाँको खाता फेरि सक्रिय हुनुपर्छ भन्नेहरूको बहुमत भएकाले ट्रम्पलाई फेरि ट्विटर चलाउन दिने मस्कले बताउताउनु भयो ।

आइतबार बिहान ट्विट गर्दै मस्कले नागरिकको मतअनुसार ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पारिने जानकारी दिनुभयो ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले भने फेरि ट्विटरमा फर्किन आफूलाई कुनै रूची नभएको बताउनुभयो ।

सन् २०२१ जनवरीमा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनालाई प्रोत्साहन गरेको भन्दै ट्विटरले बहालवाला राष्ट्रपति ट्रम्पको ट्विटर खाता निलम्बन गरिदिएको थियो।

ट्विटरमा ट्रम्पका ८ करोड ८७ लाख फलोअर्स थिए। मस्कले यसअघि नै ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पार्नुपर्ने धारणा राख्नुभएको थियो ।

ट्विटरको मालिक बनेपछि उहाँले यस विषयमा गरेको पोलमा १ करोड ५० लाख मानिसले भोट गर्नुभएको थियो ।-एजेन्सी