अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी-२ (२): एमालेका महतो विजयी, मुख्यमन्त्रीका दाबेदार कोइराला पराजित

सुनसरी-२ (२): एमालेका महतो विजयी, मुख्यमन्त्रीका दाबेदार कोइराला पराजित


सुनसरी – सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ नेकपा एमालेका रामप्रसाद महतो विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गरिरहनुभएका राजीव कोइरालालाई पराजित गर्नुभएको हो ।

महतोले १७ हजार ९७ मत ल्याउनु भएको छ । उहाँसँग पराजित कांग्रेसका कोइरालाले १६ हजार ५३१ मत ल्याउनु भएको छ ।

यो प्रदेशसभामा पनि कोइराला कांग्रेसबाट दलको नेता बनेर मुख्यमन्त्रीको तयारीमा हुनुहुन्थ्यो । तर सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राईले मुख्यमन्त्री पद लिन सफल हुनुभयो । पहिलो पटक मुख्यमन्त्री हुन नसकेका उहाँ यसपटक उक्त पदमा पुग्ने तयारी गर्दै गर्दा एमालेसँग पराजित हुनुभयो ।