अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश सभाको समानुपातिक मत: ६ वटा प्रदेशमा एमाले अगाडि

प्रदेश सभाको समानुपातिक मत: ६ वटा प्रदेशमा एमाले अगाडि


काठमाडौं – मंसिर ४ को संसदीय निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
यस्तोमा अहिले देशभर समानुपातिक प्रणालीतिरको मतगणना जारी छ। अहिलेसम्म करिब ८० लाख मतगणना भइसकेको छ।

समानुपातिकमा कांग्रेसभन्दा करिब एक लाख भोटले अघि रहेको नेकपा एमालेले प्रदेशमा पनि अग्रता बनाइरहेको छ।

एमालेले अहिले प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित ६ वटा प्रदेशमा समानुपातिकमा अग्रता लिइरहेको छ। अर्कातिर नेपाली कांग्रेसले मधेश प्रदेशमा मात्रै समानुपातिक भोटमा अग्रता बनाउन सफल भएको छ। 

कुन प्रदेशमा कति छ अग्रता? 

प्रदेश सभा प्रदेश १ तर्फ जम्मा मत : १३,६६,८९६
नेकपा एमाले : ४,७३,९५७
नेपाली कांग्रेस : ४,०२,४६५
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,४०,७५२
नेकपा माओवादी केन्द्र : १,३८,५९३
जनता समाजवादी पार्टी : ४८,५०३ 
एकीकृत समाजवादी : ४१,७९२

मधेश प्रदेशसभातर्फ जम्मा मत :  १२,९३,८३४
नेपाली कांग्रेस : २,७३,६३९
नेकपा एमाले : २,३३,३२९
जनता समाजवादी पार्टी : १,८१,९५५
जनमत पार्टी : १,६१,९९४
नेकपा माओवादी केन्द्र : १,०६,९५५
एकीकृत समाजवादी : ७६,३५२

बामगती प्रदेशसभातर्फ जम्मा मत :  १३,६२,०७८
नेकपा एमाले : ३,९७,८२१
नेपाली कांग्रेस : ३,४८,८५६
राष्ट्रिय प्रजातन्त्र पार्टी : २,०४,८४४
जनता समाजवादी पार्टी : १,८१,९५५
नेकपा माओवादी केन्द्र : १,९५,४२२
नेपाल मजदुर किसान पार्टी : ६१,६८२
एकीकृत समाजवादी : ४०,०७६

गण्डकी प्रदेशसभातर्फ जम्मा मत : ९,१८,८४०
नेकपा एमाले : ३,४०,५३३
नेपाली कांग्रेस : ३,१७,५९६
नेकपा माओवादी केन्द्र : १,१५,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टी : ५७,०५३
हाम्रो नेपाली पार्टी : १८,४७१
राष्ट्रिय जनमोर्चा : १४,७९३

लुम्बिनी प्रदेशसभातर्फ जम्मा मत :  १५,४८,८२३
नेकपा एमाले : ४,६८,२८६
नेपाली कांग्रेस : ४,१८,२०८
नेकपा माओवादी केन्द्र : १,६७,८५०
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,०३,०१६
नागरिक उन्मुक्ति पार्टी : ८८,१८०
जनमत पार्टी : ६१,४०७

कर्णाली प्रदेशसभातर्फ जम्मा मत :  ५,७७,८२९
नेकपा एमाले : १,८३,९५०
नेपाली कांग्रेस : १,७०,७५६
नेकपा माओवादी केन्द्र : १,३७,६२९
नेकपा एकीकृत समाजवादी : ३५,८२६
राष्ट्रिय प्रजातन्त्र पार्टी : २५,१८६
नेपाल मजदुर किसान पार्टी : ८,९९३

सुदूरपश्चिम प्रदेशसभातर्फ जम्मा मत :  ७,४६,२४५
नेकपा एमाले : २,४०,४३८
नेपाली कांग्रेस : २,२६,३४६
नेकपा माओवादी केन्द्र : १,०८,२७२
नागरिक उन्मुक्ति पार्टी : ६०,०२७
नेकपा एकीकृत समाजवादी : ३९,७७८
राष्ट्रिय प्रजातन्त्र पार्टी : ३२,३३३