अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रियामा छौं: प्रमुख जिल्ला अधिकारी उपाध्याय

रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रियामा छौं: प्रमुख जिल्ला अधिकारी उपाध्याय


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रिया जारी रहेको बताउनु भएको छ ।

सर्वोच्चको आदेशपछि लामिछाने आज नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको हो ।

शुक्रबार सर्वोच्च  अदालतको संवैधानिक आदेशले रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछानेले आज प्रशासन कार्यालय पुगेर नागरिकता लिन लाग्नुभएको हो । यसअघि लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गर्नुभएको थियो। गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उहाँ सोहीबमोजिम प्रशासन कार्यालय पुगेर नागरिकता लिन लागनु भएको हो ।