अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता

रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता


काठमाडाैँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएकाे छ ।  आज जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंमा पुगेर लामिछानेले नेपाली नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे हाे । 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उहाँले आज दिउँसो नागरिकता लिएको जानकारी दिनुभयो । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उहाँले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उहाँले नेपाली नागरिकता पाउनुभएकाे हाे । यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।

उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो । तर, सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।  लामिछानेको नागरिकताकाे प्रमाणपत्र प्रिन्ट भइरहेकाे एक अधिकारीले जानकारी दिनुभयाे ।