अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा आगलागीबाट बालिकाको मृत्यु

जुम्लामा आगलागीबाट बालिकाको मृत्यु


जुम्ला-जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति  आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी वन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट  लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।