अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरद्वारा अग्नि  पिडितलाई आर्थिक सहयोग

रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरद्वारा अग्नि  पिडितलाई आर्थिक सहयोग


उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आफ्नो तलब सुविधाबाट अग्नीपिडितलाई आर्थिक सहयोग गर्नुभएको छ।

रौतामाई गाउँपालिका वडा-४ नचने-बतासेका अग्नीपिडित बम बहादुर मगरको परिवारलाई अध्यक्ष बिरेन्द्र मगरले रु.२६ हजार आर्थिक सहयोग गर्नुभएको हो।

आगलागीमा सर्वस्व गुमाएका मगर परिवारलाई रौतामाइ गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले रु.२६ हजार आर्थिक सहयोग गरेको जाल्पा निमावि आधारभूत विधालयका प्रअ रुद्र लायो मगरले जानकारी दिनुभयो।

मगरको घर गत बुधबार विद्युत सर्ट भइ आगलागी हुँदा पुर्णरूपमा क्षति भएको थियो। दुई घर जल्दा अन्नपात, लत्ताकपडा, भाडावर्तन र अन्य महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएको थियो।

गाउँपालिका अध्यक्ष मगर स्वयं आफैं घटनास्थलमा गएर अग्नीपीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको थियो। अध्यक्ष मगरले भन्नुभयो, ‘बम मगरलाई यतिबेला सबैको सहयोग चाहिएको छ। त्यसैले मैले पालिकाबाट पाउने तलब सुविधा अध्यक्ष कोषमा जम्मा गरी उहाँलाई सहयोग गरेको छु। यसको साथै गाउँपालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्दछु। अन्य निकायमा पनि सहयोगका निम्ति पहल गर्ने छु ।’

अग्निपिडित मगरलाई सेर्के टोल सुधार सिमितिबाट खाधन्न, वडा नम्बर ४ बाट  त्रिपाल, तेल, नुन तथा खाधन्न, छिमेकीहरुले धान, चामल सहयोग गरेको प्रअ रुद्र मगरले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस्तै सहयोगी मनहरुको कारण पुरानै अवस्थामा फर्कन सहज हुने कुरामा विश्वास लिएको छु। साथै अन्य संघ-संस्था एवं समाजसेवीबाट पनि आर्थिक सहयोगको अपेक्षा गरेको छु ।’

अग्निपिडितहरुलाई अहिले विभिन्न संघ-संस्थाहरुले आर्थिक तथा जिन्सि सहयोग गरिरहेका छन्।