अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय मुलकी हेलीद्वारा अमरेकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा

भारतीय मुलकी हेलीद्वारा अमरेकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा


बासिङटन-साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । 

भारतीय मुलकी हेलीले रिपब्लिकन पार्टीकी तर्फबाट सन २०२४ मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्ने घोषणा मंगलवार आयोजित एक कार्यक्रमवाट गरेकी हुन ।

‘नयाँ पुस्ताको नेतृत्व लिने समय आएको’ उल्लेख गर्दै डेलीले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा जोड दिने प्रतिबद्धता जनाएकी छिन ।

खास नाम निम्रता निक्की रान्धवा हेली रहेकी उनी भारतीय सिख सम्प्रदायकी हुन । उनको पिता अजित सिंह रान्धवा र माता राजकौर रान्धवा हुन । साउथ क्यारोलिनमा जन्मेकी उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी थिइन ।

साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर हेली सन् २००४ देखि राजनीतिमा सक्रिय छिन । सन् २०१७ मा संयुक्त राष्ट्र संघको २९ औं राजदूत भएकी हेली सन् २०१० मा गभर्नर निर्वाचित हुँदा अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नरसमेत हुन । १९७२ जनवरी २० मा जन्मेकी हेली क्यारोलिनाको ११ औं देखी पहिलो महिला गर्भनरसमेत हुन ।-एजेन्सी

Skip This