काठमाडौँ-सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा भएको विस्फोटमा रुसी सेनाका मुख्य ब्लगरको मृत्यु भएको छ । रुसीको आन्तरिक मन्त्रालयले ब्लगर भ्लाडलेन टाटारस्कीको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार स्ट्रिट बार क्याफेमा भएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका बीबीसीले लेखेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा सडकमा विस्फोट र घाइते भएका मानिसहरु देखिएका छन् ।
भ्लाडलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो । उनले युक्रेनमा रुसीको आक्रमणलाई कडा समर्थन गर्दै आएका थिए । उनले युक्रेनको फ्रन्टलाइनबाट रिपोर्टिङ गरे ।
गत वर्ष एउटा भिडियोलाई लिएर निकै चर्चा भएको थियो । भिडियोमा उनले भनेका थिए, “हामी सबैलाई हराउनेछौं, सबैलाई मार्नेछौं ।”
रुसीको समाचार एजेन्सी आरआईएले मन्त्रालय स्रोतलाई उद्धृत गर्दै भ्लाडलेनलाई एउटा बक्स उपहारस्वरूप दिइएको बताएको छ । त्यसमा बम लुकाइएको थियो । एजेन्सी






प्रतिक्रिया