अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग


काठमाडौँ-सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र, विराटनगरद्वारा  विराटनगर महानगरपालिका वडा नं. ९, भानु टोलस्थीत ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको लागि जम्मा रु. १००,००० (एक लाख रुपैयाँ) आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ ।

नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) द्वारा ज्येष्ठ नागरिकहरुको हक, अधिकार र स्ांरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरुका लागि सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ । जहाँ ज्येष्ठ नागरिकहरुका लागि विभिन्न सृजनात्मक क्रियाकलापहरु गरिन्छ । यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरू गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरू प्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकार बालाहरूसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि विविध कार्यहरू गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइ लगायतका कार्यक्रम एवं विद्यार्थीहरूलाई पोसाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ ।