अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमयदर

यस्तो छ आजको विनिमयदर


काठमाडौँ-नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार २८ पैसाले घटेको अमेरिकी डलर आज स्थिर रहेको छ । 

सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा उक्त डलरको खरिदबिक्री भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ५७ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा ४२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, सोमबार अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८५ पैसा पाइन्छ भने सोमबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४९ पैसा तोकिएको छ।