अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि उद्योग वाणिज्य महासंघको साधारणसभा  

आजदेखि उद्योग वाणिज्य महासंघको साधारणसभा  


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । 

उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

साधारणसभाबाट विधानअनुसार वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि  भोलि निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यसअघि घोषणा गरिसकेका छन् ।