अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ-नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले  बढ्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।