अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वित्तीय क्षेत्र सुरक्षित छ, सानो धक्काले असर गर्दैन: गभर्नर अधिकारी

वित्तीय क्षेत्र सुरक्षित छ, सानो धक्काले असर गर्दैन: गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको बताउनु भएको छ।  

आज आयोजित पत्रकार सम्मेलनमा  गभर्नर अधिकारीले वित्तीय संस्थामा पुँजी प्रयाप्तता, बढ्दो रेमिटेन्स, अघिल्‍लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताउनु भयो।

गभर्नरले भन्नुभयो, ‘सानोतिनो धक्काले नेपालको वित्तीय क्षेत्रलाई छुन सक्दैन।’ मंसिर, पुस, माघ र फागुनमा १ खर्ब रेमिटेन्स भित्रिएको उहाँले बताउनु भयो ।