अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि पुनः मतदान हुने भएको छ । 

जारी मतगणनामा कसैको पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको हो ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा संघाई, श्रेष्ठ र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।

अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ । ८० प्रतिशत मतभारको गणना सकिँदासम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।