अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौँमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै


काठमाडौँ-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन गर्ने भएको छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’ का लागि आज र भोलि ऊर्जा सम्मेलन हुन लागेको हो । 

सम्मेलनले नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा साबित हुने इपानको विश्वास रहेको छ ।  

ऊर्जा सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने बताइएको छ ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ । 

सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिनेछ । 

सम्मेलनमा १५ वटा स्टल राखिनेछ । स्वदेशी कम्पनीको लागि आठ हजार र विदेशी कम्पनीहरूको लागि १० हजार स्टल तोकिएको छ ।