अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ-एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आज सुनसरीमा सम्पन्न भएको हो ।  

सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशतका दरले रु. २५,६५,६७,४००– (अक्षरेपी पच्चीस करोड पैँसठ्ठी लाख सतसठ्ठी हजार चार सय मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ । 

संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको जनाइएको छ । संस्थाले मुलुकभर ७४ जिल्लामा २८७  शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस आ.व. २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।  

संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरुलाई खाद्यान्न तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफूलाई स्थापित गर्दै आएको छ । 

यस्तै संस्थाले ग्राहक सदस्यहरुको स्थायित्व, प्रगति तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ्य तथा व्यवसाय प्रवर्द्धनमा नियमित रूपमा लाग्दै स्थापनादेखि हाल सम्म ग्राहक संरक्षण कोषबाट रु ३ करोड भन्दा बढी खर्च गरिसकेको छ ।