अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक लाख नगद र उपहारसहित सन्दीपलाई वर्ल्डलिंकको सम्मान

एक लाख नगद र उपहारसहित सन्दीपलाई वर्ल्डलिंकको सम्मान


काठमाडौं – सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको कीर्तिमान रचेका सन्दीप लामिछानेले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ।

आज कतारविरुद्धको खेलपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको हो । उनलाई वर्ल्डलिंकका तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको छ । यस्तै उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी पनि दिइएको छ । आज कतारविरुद्धको खेलमा नायक बनेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् ।

उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको अलराउन्ड प्रदर्शनको बलमा नेपाल समूह विजेता बनेको छ । प्लेयर अफ दि म्याच बनेपछि सन्दीपले ब्याटिङमा १५० रन कटाएपछि जितको आशा जागेको बताए । बलिङमा आफूले सबै प्रकारको प्रयास गरिरहेको भन्दै फ्यानहरुको समर्थनले पनि आफूलाई बल मिलेको उल्लेख गरेका छन् ।