अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी


उदयपुर – उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका-७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित-४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताउनुभयो ।