अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन्: रवीन्द्र मिश्र

अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन्: रवीन्द्र मिश्र


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकाले कडा दबाब दिएका कारण मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठूला नेता पक्राउ परेको दाबी गर्नुभएको छ।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट बिहीबार मिश्रले यो वर्तमान सरकारले आफ्नै मनले गरेको काम नभएको टिप्पणी गर्नुभएको हो ।

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ– यो काण्डबारे द्रूत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचारविरोधी चेतनाको प्रतिफल हो’, मिश्रले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘त्यो हो भने भ्रममा हुनुहुन्छ।’

Skip This