अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको राठी उद्योगमा आगलागी

मोरङको राठी उद्योगमा आगलागी


विराटनगर–मोरङको बूढीगंगास्थित एउटा बिजुली उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा रहेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । 

सो उद्योगले बिजुलीका बल्ब र स्विच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।