अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूद्वारा राजीनामा

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूद्वारा राजीनामा


विराटनगर-जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूले राजीनामा दिनु भएको छ।

बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनु भएको हो । उहाँ पुस २५ गते मन्त्री नियुक्त हुनुभएको थियो।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताउनु भयो।