अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कम्यूनिष्टहरुको नजर पुस्तक भन्दा दारु पसलतिर केन्द्रित हुनु दुखद्’

‘कम्यूनिष्टहरुको नजर पुस्तक भन्दा दारु पसलतिर केन्द्रित हुनु दुखद्’


विराटनगर -नेकपा एमाले कोसी प्रदेश संस्कृति विभागले आज पान्चाली स्थित पार्टी कार्यालयको सभाकक्षमा सांस्कृतिक रुपान्तरण सन्दर्भ र समीक्षा कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य रामलाल साहले विषय पत्र र कार्यक्र्रम सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनुभयो । विशेष अतिथि कोसी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले संस्कृति र सांस्कृतिक रुपान्तरणमा राष्ट्रिय जनसांस्कृतिक महासंघ र सम्बद्ध घटक स्रष्टा र संगठनको महत्व एकातिर देखिन्छ अर्कातिर संस्कति कला साहित्य सम्बन्धी तत्कालीन र दीर्घकालीन नीति विधि निर्माण गर्न संस्कृति विभागको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो ।
मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले कार्यक्रमको सार र ओज विशिष्ट रहेको हँुदा यसलाई अरु विस्तारित गर्नु पर्ने र सफल पार्न मोरङ जिल्ला सहयोगी रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष विभाग प्रमुख प्रा.डा. बद्रीविशाल पोखरेलले कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै अहिले हाम्रो दृष्टि,कथ्य,खाद्य र श्रव्य लगायत संस्कृति विषाक्त रहेको बताउनुभयो । एउटै लहरमा रहेका पुस्तक र दारु पसल मध्ये अधिकांशको नजर दारु पसलमा मात्र केन्द्रित रहेको उदाहरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बुद्धिजीवी परिषद् केन्द्रीय उपाध्याक्ष राधा अधिकारी, वरिष्ठ स्रष्टा शिवनारायण सिङ्गल, साँस्कृतिक अभियन्ता तीर्थ मास्के,वरिष्ठ कवि तथा गजलकार कविता केशरी,मैथिली स्रष्टा बसुन्धरा साह वरिष्ठ गजलकार मधु पोखरेल लगायतले टिप्पणी सहित मन्तव्य प्रस्त्ुत गर्नुभएको थियो । कार्यक्रममा कोसी प्रदेश सल्लाहकार मिथिला पोखरेल,सह प्राध्यापकद्वय मोहन कुमार श्रेष्ठ र बद्री बानियाँ लगायत बुद्धिजीवी तथा वरिष्ठ स्रष्टाहरुको सहभागिता थियो ।
विषय पत्रमा माधव कुमार नेपालले बाह्र वर्ष पार्टीमा एकल सर्वाधिकार सम्पन्न शासन गरेको परिणाम विचलन र विकृतिकरणको कुप्रभाव जवरजस्त रहेको धेरैतिर देखिन्छ । तर ओली आगमन पछि विसंगतिको विरासद्लाई नियन्त्रण गर्न थालिएको उल्लेख गरिएको छ । संस्कृति विभागद्वारा प्रस्तुत विषय पत्रमा प्रदेशको कोसी नामकरणका विरुद्धको कथित आन्दोलन वा संघर्ष सियो भएर पस्ने र फाली भएर निस्कने खालको नियतको भड्काउ अभियान भएको स्पष्ट पारिएको छ । अहिले किराँत नामकरण गरिएको भए लिम्बुवान पक्षधर,लिम्बुवान नामरण भए थरुहट,थरुहट नामकरण भए कोचिला आदि प्रदेश नामकरणका मुद्धा उठ्थे र उठाइन्थे भनिएको छ ।

कम्तीमा यस सबालमा बौद्धिक, वैचारिक तथा साङ्गीतिक अभियानलाई प्रदेश व्यापी गर्र्नुपर्ने वक्तारुहको धारणा थियो ।
विषय पत्रमा एमालेको सञ्चार र प्रचार हात्तीको मुखमा जिरा भन्दा पनि टिठ लाग्दो रहेको उल्लेख छ ।
विषय पत्रमा एमाले पार्टीले हाल विद्यमान सांस्कृतिक विचलन र अपचलन विरुद्ध अभियान सन्चालन गर्नु पर्ने वास्तविता उल्लेख गरिएको छ ।