अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङ कारागारबाट दुई जना कैदी फरार

लमजुङ कारागारबाट दुई जना कैदी फरार


लमजुङ–लमजुङ जिल्ला कारागारबाट दुई जना कैदी फरार भएका छन् । बेसीशहर नगरपालिका–८ शेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गए राति साढे १ बजेतिर दुई जना कैदी फरार भएका हुन् ।

फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका–३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरी स्रोतले जनाएको छ । 

विक २०७९ साउन २४ गते जबरजस्ती करणी र डाँका चोरी मुद्दामा र गुरुङ २०८० वैशाख ३१ गते ठगी मुद्दामा कारागार चलान भएका थिए ।