काठमाडौँ-विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आउनेछ ।
रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल आउन लागेको हो ।
आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन् । कार्गो रेल नियमित सञ्चालन हुँदा सञ्चालन हुँदा आफूहरूलाई ढुवानी बापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्ने उद्योगीले बताएका छन् ।






प्रतिक्रिया