अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छः गगन थापा

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छः गगन थापा


काठमाडौं-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ। 

आज नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले काँग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको हो ।

उहाँले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गर्नुभयो।