काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ।
बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।
रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो।
पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको रास्वपा सांसद हरि ढकालले जानकारी दिनु भयो ।
रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको जनाएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताउनु भएको थियो ।
रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ। ‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने,’ संकल्प प्रस्तावको कारण र औचित्यमा भनिएको छ, ‘मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।’






प्रतिक्रिया