अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यक्रमस्थलमै लडे

 अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यक्रमस्थलमै लडे


काठमाडौँ-अमेरिकी राष्ट्रपति जो बाइडेन भुइँमा लडेका छन् । कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको दीक्षान्त समारोहमा सहभागि भएका बाइडेन स्टेजको भुइँमा लडेका हुन् ।

८० वर्षीय राष्ट्रपति लडेपछि उनलाई तुरुन्तै सुरक्षाकर्मीले उठाएका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले स्टेजमा रहेको बालुवाको झोलामा ठोक्किँदा राष्ट्रपति बाइडेन लडेको बताएका छन् । 

उनले ट्वीट गर्दै राष्ट्रपति बाइडेन ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । राष्ट्रपति बाइडेन लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।-एजेन्सी