अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय दूतावास अगाडि राप्रपाका युवा संगठनको प्रदर्शन

भारतीय दूतावास अगाडि राप्रपाका युवा संगठनको प्रदर्शन


काठमाडौं-राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ। 

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि युवा संगठनले विरोध प्रदर्शन गरेको हो।

नेपाली भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिनुभयो।

 भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गरेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको युवा संगठनले बताए।

विरोध प्रदर्शनीमा ‘भारतीय विस्तारवाद-मर्दावाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक-इन्डिया’, ‘कालापानी-लिपुलेक-लिम्पियाधुरा-हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो।