अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई गोकुल बास्कोटाको व्यंग्य: वाह ! क्या चेन्ज आएछ

प्रचण्डलाई गोकुल बास्कोटाको व्यंग्य: वाह ! क्या चेन्ज आएछ


काठमाडौं-भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्यप्रदेश उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएपछि एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले व्यंय गर्नु भएको छ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर मन्दिरमा १०० किलोग्राम रुद्राक्ष समेत चढाएर पूजा गरेपछि नेता बास्कोटाले क्या चेन्ज आएछ भन्दै कटाक्ष गर्नुभएको छ।

नेता बास्कोटाको सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘वाह ! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग। सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले‍। प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोधरुसमयले थप बताउँला।’

उहाँले प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध लगाउला कि नगराउला भनेर प्रश्न समेत गर्नुभएको छ।

पूजाका क्रममा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी हुनुहुन्थ्यो ।

इन्दोरमा प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो भने मन्दिरमा राज्यपाल नै पुग्नुभएको थियो ।

Skip This