अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विज्ञानमा पनि रूपान्तरण हुनु जरुरी छ: अध्यक्ष ओली

विज्ञानमा पनि रूपान्तरण हुनु जरुरी छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग गरे पनि अहिले त्यही नै मानवको स्वास्थ्यका लागि खराबी हुन थालेको बताउनु भएको छ।

अध्यक्ष ओलीले उत्पादन वृद्धि गर्नका लागि विज्ञानले रासायनिक मल ल्याए पनि अहिले त्यही नै मानवको लागि हितकर नभएपछि विज्ञानले अरू विकल्प खोल्न थालेको बताउनु भयो ।

एमालेको विज्ञान तथा प्रविधि विभागको कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष ओलीले प्रकृतिमा रहेका यथार्थ नियम नै विज्ञान रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विज्ञानले आफै उत्पादनका निम्ति केही गर्दैन । त्यसलाई प्रविधिमा रूपान्तरण गरेपछि मात्र गति र समार्थ्य वृद्धि हुन्छ । विज्ञानका नियम अनुसार प्रविधिको विकास भएको हो ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी जब साइन्सको कुरा गर्छौ त्यो साइन्टीफिक हुन्छ। टक्नोलोजी बनाएर हामीले विज्ञानको प्रयोग गर्छौ । विज्ञान आफै कम्प्युटर हुँदैन, कम्प्युटरमा विज्ञानलाई रूपान्तरण गरेको हुन्छ, साइन्सलाई रूपान्तरणमा लानका लागि इनोभेसन चाहियो ।’

१७–१८ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनताले विकासको बारेमा सोच्न नसक्ने र आफ्नो पेटको बारेमा मात्र सोच्ने हुँदा देश गरिबीबाट मुक्त गर्न एकदमै जरुरी छ।’

विकास गर्नका लागि गरिबी अन्त्य गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले लक्ष्य फरक भए पनि विज्ञान सबैका लागि एउटै भएको तर त्यसलाई सबैले एक नाशले प्रयोग नगरेको बताउनु भयो ।