अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट गर्न कसैले गरेन: अध्यक्ष ओली

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट गर्न कसैले गरेन: अध्यक्ष ओली


काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताउनु भएको छ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको बताउनु भयो ।

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ह्वाट दे वान्ट? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन।’

ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो।

‘समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरबपति र अर्को चाहीं मजदुर उनीहरू दुई वटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले बार्षिक ४० अर्व मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०/२० अर्व कमाएको देखियो नि त,’ ओलीको भनाई थियो।

अध्यक्ष ओलीले गरीबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताउनु भयो। 

विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरीबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

‘कमाएको एक जनाले मात्रै हो। एभरेजमा त्यस्तो देखिए पनि बढी त गरीब छन् । त्यसकारण त्यो रियल डेटा होइन। हामीले गर्न खोजेको मानव विकास हो। समाजको विकास हो,’ ओलीले भन्नुभयो, ‘मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास। ढिलो होइन, छिटो विकास।’

अध्यक्ष ओलीले सम्पूर्ण पपुलेशनलाई विकास, निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्दित गर्नुपर्ने बताउनु भयो। 

Skip This