काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्नुभएको हो।
सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो।
सभामुख घिमिरेले भन्नुभयो, ‘समाज सेवा भन्दाखेरी समाज एउटा शब्द भो, सेवा अर्को शब्द भो। तर वास्तवमा समाजको सेवा गर्ने कुरा समय, काल, परिस्थिति, विषय हरेक हिसावले यसका परिभाषा त हुन्छन। तर मेरो बुझाईमा यो ज्यादै महान कुरा हो।’
फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसावले समुन्नत रहेको पनि स्मरण गराउनु भयो।
‘समाजलाई सोचेको ठाउँमा कसरी लैजान सकिन्छ? यसको बारेमा सोच्ने र त्यसमा विभिन्न क्षेत्रको भूमिकाहरु के हुन सक्छ ? क-कसले कस्तो-कस्तो भूमिका निर्वाह गरेर मात्रै समुन्नत बनाउन सकिन्छ ?,’ सभामुखले भन्नुभयो, ‘यसको बारेमा बहस, छलफल गर्नु आफैंमा महत्वपूर्ण कुरा हो भने त्यसले निकालेका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने कुरा अझै ठूलो हो। मलाई के लाग्छ भने नेपाल हामी भौतिक रुपबाट अभाव, गरिवी, कतिपय मानेमा पछौटेपन, दरिद्रता वा समस्या भित्र हामी गुज्रिरहेका छौं।’
समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने उहाँले बताउनु भयो।
सभामुख घिमिरेले भन्नुभयो, ‘अर्को ढंगले भन्ने हो भने हामी एकअर्कालाई सम्मान गर्ने, श्रद्धा गर्ने, सानाले ठूलालाई, योग्यले अयोग्यलाई, सक्षमले असक्षमलाई सहयोग गर्ने कुराहरुको हिसावले, भाषाको हिसावले विविध भाषाहरू। योसँगसँगै हाम्रा संस्कारहरु भएको, संस्कृतिहरु भएको, त्यही रुपका कलाहरु भएको, मान्यताहरु भएको, एउटा यस्तो जातिको सम्मिश्रण फूलबारीको रुपबाट हामी नेपालीहरु छौं।’
सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताउनु भयो।




प्रतिक्रिया