काठमाडौं-सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा आज पूर्वसभामुख र पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल गर्नुभएको छ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमाभएको छलफलमा पूर्व सभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी हुनु भएको थियो।
उहाँहरुले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिएको सभामुखको सचिवालयले जनाएको छ।
पक्ष/विपक्षमा राजनीतिकदलहरुले नै बहस गर्ने बताउँदै उहाँहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
सभामुखले पूर्व सभामुखभन्दा अगाडि पूर्व महान्यायाधिवक्ताहरुसँग पनि छलफल गर्नुभएको थियो। छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्रा.डा. भरतबहादुर कार्की सहभागी हुनुहुन्थ्यो।
पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरुपण सर्वोच्चअदालतले गर्ने उल्लेख गर्नुभयो।






प्रतिक्रिया