अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा-लोसपाका नेताहरू जनमतमा प्रवेश गर्दै

जसपा-लोसपाका नेताहरू जनमतमा प्रवेश गर्दै


काठमाडौं-जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका केही नेता जनमत पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन्। पर्सा र बाराका केही नेता जनमत पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

मधेस आन्दोलनदेखि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा आवद्ध भइ हाल जसपामा रही पर्साबाट लामो समयदेखि राजनीति गर्दै आउनु भएकी करिमा बेगम पनि जनमत पार्टीमा प्रवेश गर्न लाग्नुभएको हो।

त्यस्तै, मधेस आन्दोलनदेखि नै तत्कालीन फोरमबाट राजनीति सुरु गरेका शशीकपुर मियाँ हाल लोसपामा हुनुहुन्छ । उहाँ पनि सो पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्न लाग्नु भएको छ।

जनमत पार्टी पर्साका अनुसार जसपाका केन्द्रीय सदस्य मनोज यादव र छोटेलाल यादव पनि जनमत पार्टीमा प्रवेश गर्न लाग्नु भएको छ ।

जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार जेठ २७ गते पर्सामा पार्टी प्रवेशको कार्यक्रम आयोजना गरिएको छ। त्यसमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता प्रवेश गर्न लागेको उहाँले बताउनु भयो ।