अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक खारेजको माग गर्दै नेमकिपाको प्रदर्शन

नागरिकता विधेयक खारेजको माग गर्दै नेमकिपाको प्रदर्शन


काठमाडौं-नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध प्रदर्शन गरेको छ।  

जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधान विपरित भएको भन्दै विरोध प्रदर्शन गरेको हो।

नेमकिपाले काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकी प्रदर्शन गरेका थिए।

देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाको आरोप छ।