अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिमात्रै बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक सोमबार अपराह्न १ बजे बस्ने बताउन भयो।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो।

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताउनु भएको थियो । उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनु भयो । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाँले माग गर्नुभयो।