अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सक्कली शरणार्थीको इतिहासदेखि वर्तमान समेटिएको पुस्तक सार्वजनिक

सक्कली शरणार्थीको इतिहासदेखि वर्तमान समेटिएको पुस्तक सार्वजनिक


दमक-नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व समेत मुछिएपछि यो विषयमा गम्भीर अनुसन्धान भइरहेको छ। यसै बेला भुटानी शरणार्थीहरूको इतिहासदेखि वर्तमान समेटिएको एक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ।

मोरङ पथरीका खोज-अनुसन्धानकर्ता लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १०औं कृतिको रूपमा ‘माईखोलादेखि पुनर्वाससम्म’ पुस्तक प्रकाशित गर्नु भएको छ। सन् १९९० देखिको नेपाली भाषी भुटानी शरणार्थीहरूको कारूणीक जीवन, विश्वका विभिन्न देशहरूमा भएको पुनर्वास लगायत भुटानमा नेपालीभाषीहरूको इतिहाससम्मका विषय पुस्तका समेटिएका छन्। दुई वर्षको निरन्तरको मेहनत पछि तयार भएको पुस्तकमा हाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्ने १७ जनाको बारेमा पनि विषय समेटिएको लेखकले जनाएका छन् ।

के छ पुस्तकमा ?

पुस्तकमा भुटान-गोरखा राज्य (नेपाल) देखिको सम्बन्ध, भुटानी राजाको जन्म नेपालमा, पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा, हलेसी मन्दिर-गुरु पद्मसम्भवले जोडेको धार्मिक सम्बन्ध, भुटानमा भएको चर्चित हत्याकाण्डहरु, भुटानी सहिदहरु र राजबन्दिहरुलगायतका विषय समेटेको तिम्सिनाले बताएका छन्। यस्तै नेपाली भाषी भुटानी कसरी लखेटिएका थिए, माईखोला बगरमा सुरूको कष्टकर बसाई, त्यहाँ हुने दैनिक ५० जना बढीको कहालीलाग्दो निधन, सात वटा शिविरको स्थापनादेखि स्वदेश फिर्तिको आन्दोलन, नेपाल भुटान वार्ता, शिविरको सांस्कृतिक पक्ष पुनर्वासमा पुगेर चर्चित बनेका भुटानी शरणार्थीहरू लगायत ६ वटा खण्डमा १३० वटा विषय समेटिएको ४०० पृष्ठको अनुसन्धानमूलक कृति उहाँले बजारमा ल्याउनु भएको हो ।

यस अघिका ९ कृति

खोजमुलक पुस्तक लेखनमा ११ वर्षदेखि सकृय उहाँका यसअघि नौ वटा पुस्तक सार्वजनिक भइसकेका छन् । टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म दोस्रो संस्मरण २०७८,  धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८ र मोरङका जनप्रतिनिधि सङगालो २०७९ प्रकाशन भइसकेका छन् ।