अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

 अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


न्यू साउथ वेल्स-अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपत्कालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपत्कालीन अपरेसन सुरु गरिएको थियो। 

समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ । घाइतेहरुको नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

Skip This