अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 रुसले कब्जा गरेका तीन गाउँ फिर्ता ल्याएको युक्रेनकाे दाबी

 रुसले कब्जा गरेका तीन गाउँ फिर्ता ल्याएको युक्रेनकाे दाबी


काठमाडौँ-युक्रेनले दक्षिण पूर्वमा रहेका तीन गाउँलाई रुसको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

रुसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले सुरु गरेको काउन्टर अफेन्सिभ (प्रत्याक्रमण)को यो पहिलो जित मानिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी सेनाले दोनेट्स्क क्षेत्रको ब्लाहोदात्ने र नेस्कुच्ने छिमेकी बस्तीमा जित मनाइरहेको देखिएको छ ।

किभका उपरक्षामन्त्रीले मकारिभका गाउँलाई पनि फिर्ता ल्याइएको बताएका छन् । शनिबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रत्याक्रमण सुरु भएको बताएका थिए ।

मस्कोले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । रुसी सेनाले युक्रेनी सेनालाई पछाडि धकेल्ने टिप्पणी मात्र गरेको छ ।-बीबीसीबाट 

Skip This