अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठाकुर प्रसाद खतिवडाको कविता संग्रह ‘तमोर सुसाउँदा’ लोकार्पण

ठाकुर प्रसाद खतिवडाको कविता संग्रह ‘तमोर सुसाउँदा’ लोकार्पण


काठमाडौँ–कवि ठाकुरप्रसाद खतिवडाको कविता संग्रह  ‘तमोर सुसाउँदा’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमका बीच उक्त कविता संग्रहको लोकार्पण गरिएको हो । 

कवितामा खतिवाडाले बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका विषय समेटेका छन् ।  

साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतित्थ्यतामा सार्वजनिक संग्रहमा कवि खतिवाडाले  बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका समसामयिक विषयमाथि कलम चलाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार ठाकुर शर्मा भण्डारीले सरल भाषामा लिपिबद्ध कविता संग्रहमा नेपाली समाज र समाजभित्रका अनेकन् आयामलाई लेखकले समावेश गरिएको बताउनुभएको छ । 

उहाँले पुस्तक ‘तमोर सुसाउँदा’ पाठकका लागि उत्कृष्ट हुन सक्ने बताउनुभयो । उहाँले कविता संग्रहमा पारिवारिक विषयलाई प्राथमिकता दिएपनि भावनात्मक विम्ब पोखिएकाले पाठकको मन जित्नसक्ने बताउनुभयो ।

कक्षा ५ सम्मको औपचारिक अध्ययन गरेका लेखक खतिवडाले पुस्तकमा आफूलाई डिग्री हासिल गरे बराबर प्रस्तुत गर्न सकेको प्रतिक्रिया पाएको उल्लेख गर्नुभएको छ ।