अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री श्रेष्ठले सुन तस्करलाई ढाकछाेप गर्न खाेज्नुभयो: सूर्य थापा

गृहमन्त्री श्रेष्ठले सुन तस्करलाई ढाकछाेप गर्न खाेज्नुभयो: सूर्य थापा


काठमाडाैं-नेकपा एमालेका सांसद् सूर्यबहादुर थापाले सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्यलाई ढाकछाेप गर्न खाेजेकाे आराेप लगाउनु भएको छ।

बुधबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ बाेल्दै सांसद् थापाले सुन तस्करी काण्डमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएकाले आफूहरूको विरोध जारी रहने चेतावनी दिनु भयो।

उहाँले भन्नुभयाे, ‘हिजाे गृहमन्त्रीले तथ्यलाई ढाकछाेप गरेर तस्करकाे संरक्षण गर्ने हिसाबले जवाफ दिनुभयाे, त्यसकारण हाम्राे विराेध जारी छ, २२ दिन बितिसक्दा पनि सत्तापक्षले यस घटनाकाे ठाेस छानबिन गर्ने पक्रिया अगाडि बढाएकाे छैन।’

सांसद् थापाले बाेल्नासाथ एमाले सांसद्ले राेष्टम अगाडि उभिएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक साउन २६ गतेसम्मका लागि स्थगित गर्नुभएको छ।